१२ वर्षपछि यतीले सिमराको नियमति उडान सञ्चालन गर्दै-Sutra News

१२ वर्षपछि यतीले सिमराको नियमति उडान सञ्चालन गर्दै

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं- निजी लगानीमा सञ्चालित हवाई क्षेत्रको अग्रणी संस्था यती एअरलाइन्सले आफ्नो २२औं वार्षिकोत्सवमा घोषणा गरेबमोजिम १२ वर्षपछि सिमरा उडान भर्ने भएको छ। सन् २००८ मा काठमाडौं-सिमरा उडान भरेको यती एअरलाइन्सले असोज २१ (अक्टोबर ७) देखि बाराको सिमरा विमानस्थलमा उडान भर्न लागेको हो।



एअरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले कोभिड-१९ को सङ्क्रमणको समयमा उच्च सर्तकता अपनाएर सिमरा उडान गर्न लागेको जानकारी दिए। ‘सिमरा उडान भर्नेबारे सम्बन्धित निकायसँग स्वीकृत लिई असोज २१ देखि दैनिक दुई उडानमार्फत सेवा विस्तार गर्नेछौं,’ उनले भने, ‘विविध कारणले स्थगित भएको उडान १२ वर्षपछि पुन सञ्चालन गर्न लागेका छौं। उक्त गन्तब्यमा अब हाम्रो नियमित उडान हुनेछन्। यात्रुको मागबमोजिम उडान संख्या थपिने छ।’

यतीले सिमरामा जेटइस्ट्रीम-४१ विमानमार्फत प्रत्येक दिन विहान ९.०० बजे र साँझ ४.४५ बजे काठमाडौंदेखि उडान भर्दैछ। एअरलाइन्सका बिक्री तथा बजार निर्देशक सरल शम्सेर जबराका अनुसार उक्त सेक्टरमा यात्रुहरुको माग बमोजिम पुनः सेवा प्रारम्भ गर्न लागिएको हो।

हालका लागि प्रमोसनल भाडा काठमाडौं-सिमरा-काठमाडौंको एकतर्फी दुई हजार आठसय तोकेका छौं। यी गन्तब्यको टिकटहरु एअरलाइन्सका सेल्स अफिस तथा मोबाइल एप्स, नजिकको ट्राभल एजेन्सीहरु तथा अनलाइनमार्फत् लिन सकिने उनले बताए।

विस २०५५ सालदेखि यात्रुलाई सेवा प्रदान गर्दै आएको यती एअरलाइन्समा हालः एटिआर-७२ सीट क्षमताका पाँच, जेटस्ट्रिम-३० सीटका पाँच र भगिनी संस्था तारा एअरका ट्वीनवटर विमान चार गरी १४ विमान सञ्चालनमा रहेका छन्।

 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट