प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेस-Sutra News

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव पेस

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं- प्रदेश ५ को स्थायी राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव त्यहाँको प्रदेश सभामा दर्ता भएको छ।



सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी र नामबारे सहमति जुटेपछि प्रदेश सरकारले उक्त प्रस्ताव प्रदेशसभामा दर्ता गराएको हो। यसअघि प्रदेश मन्त्रिपरिषद्ले राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने निर्णय गरेको थियो। 

प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले उक्त प्रस्ताव पेस गरेका हुन्।

प्रदेशसभा सचिवालयका प्रवक्ता श्यामप्रसाद केसीले सोमबार बस्ने प्रदेशसभा बैठकमा उक्त प्रस्तावमाथि छलफल हुने बताए। ‘राजधानी भालुवाङ, र नाम लुम्बिनी राखेर प्रस्ताव पेस भएको छ,’ उनले भने, ‘सोमबार प्रदेशसभा बैठक बस्दैछ, त्यही दिन प्रस्तावमाथि छलफल हुनेछ।’

राजधानीबारे सहमति जुट्न नसक्दा प्रदेश ५ को नामकरण र स्थायी राजधानी तोकिन सकेको थिएन।

रुपन्देही, कपिलवस्तु वा दाङमध्ये कहाँ राजधानी राख्ने भन्नेमा विवाद थियो। प्रदेश ५ का पार्टी इञ्चार्जसमेत रहेका मुख्यमन्त्री शंकर पोखरेल दाङमा राजधानी बनाउने पक्षमा थिए। उता नेकपा महासचिव विष्णु पौडले भने प्रदेश राजधानी बुटवल बनाउनुपर्ने पक्षमा थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट