काठमाडौं- प्रदेश ५ को राजधानी दाङ राख्ने प्रस्तावप्रति नेपाली कांग्रेसले विरोध जनाएको छ। प्रदेशको राजधानी दाङको भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेशसभामा पेस गर्दै गर्दा कांग्रेस सांसद रमा अर्यालले विरोध जनाएकी हुन्।
प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले नाम र स्थायी राजधानीको प्रस्ताव शुक्रबार सदनमा पेस गरेका थिए। प्रस्ताव पेस हुँदै गर्दा सांसद रमा अर्यालले राजधानीका नाम तीन ठाउँमा प्रस्ताव गरे पनि संसदमा एक ठाउँको मात्रै नाम पेश गरिएकोमा विरोध गरेकी थिइन्।
सभामुख पूर्णबहादुर घर्तीले आज सांसदलाई बोल्न समय नदिइएको बताएका थिए। लगत्तै सभामुखले संसद बैठक असोज १९ गतेसम्मका लागि स्थगित गरिएको घोषणा गरेका थिए।