नेपालमा अहिलेसम्मै उच्च संक्रमण, एकैदिन २७२२ जना कोरोना संक्रमित भेटिए-Sutra News

नेपालमा अहिलेसम्मै उच्च संक्रमण, एकैदिन २७२२ जना कोरोना संक्रमित भेटिए

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ७२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ८२ हजार ४५० हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप ३ हजार ३०७ जना कोरोनामुक्त भएका छन्। हालसम्म ६० हजार ६९६ जना कोरोनामुक्त भएका छन्।

शुक्रबार थप ११ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय २० जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट