Logo

आइतवार, कार्तिक ९ गते २०७७

भारतसँग सीमा विवाद छ, चीनसँग कुनै सीमा समस्या छैन : राजदूत पाण्डे [अन्तर्वार्ता]

भारतसँग सीमा विवाद छ, चीनसँग कुनै सीमा समस्या छैन : राजदूत पाण्डे [अन्तर्वार्ता]

सूत्र न्यूज

१६ आश्विन २०७७
  • 399
    SHARES
  • भारतसँग सीमा विवाद छ, चीनसँग कुनै सीमा समस्या छैन : राजदूत पाण्डे [अन्तर्वार्ता]
    चीनका लागि नेपाली राजदूतमा महेन्द्रबहादुर पाण्डे

    काठमाडौं- गत हप्ता हुम्ला क्षेत्रमा नेपाल-चीनबीच सीमा समस्या देखिएको समाचार प्रकासित भए । त्यसले मुलुकभर हलचल सिर्जना गर्‍यो । तर, चीनले नेपाली भूमिमा मिचेको भनिएपनि तथ्यले त्यसलाई प्रमाणित गरेन । त्यो आरोप वा आशंकामा सीमित हुन पुग्यो ।

    नेपाल-चीनबीचको कथित सीमा विवादको रमाइलो पक्ष चाहिँ के थियो भने भने, महाकालीसम्मको नेपाली भूभाग समेटेर नेपालले नक्सा जारी गर्दा नेपाललाई अर्घेलो देखाउने भारतीय मिडियाहरुले हुम्ला प्रसंगलाई बढाईचढाई प्रस्तुत गरे, चीनले नेपालको सीमाना मिचेको भन्दै ।

    ठीक त्यही बेला चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेसँग चिनियाँ कम्युनिष्ट पार्टीको मुखपत्र मानिने ‘ग्लोबल टाइम्स’ का लागि छि वेन्टिङ्ग र बाइ युन्नीले लामो कुराकानी गरेका छन् । प्रस्तुत छ- पाण्डेसँगको त्यही कुराकानीको अनुवादित रुपः 

    चीनका लागि नेपाली राजदुतका रुपमा तपाईँका मुख्य प्राथमिकताहरु के छन् ?

    नेपाल र चीन छिमेकी र असल मित्र हुन् । हामीले सन् १९५५ मा कुटनीतिक सम्बन्ध स्थापित गरेका हौँ ।

    नेपालका लागि चिनियाँ राजदुतका रुपमा मेरा मुख्य प्राथमिकता दुई देशबीच भएको सम्झौताहरुको कार्यान्वयन हो । गतवर्ष, चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको भ्रमण गरेका थिए । त्यो भ्रमण निकै सफल पनि भयो । 

    भ्रमणका क्रममा करिब २० वटा सम्झौतामा हस्ताक्षर भए । त्यस्तै, नेपालका प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले पनि चीनको भ्रमण गर्नुभयो । त्यसक्रममा केही विषयमा ‘एमओयु’ मा हस्ताक्षर पनि भएको छ । 

    त्यसैले मेरो प्राथमिकता हस्ताक्षर गरिएका एमओयु र सम्झौतालाई कार्यान्वयनमा ल्याउने हो ।

    गत वर्ष हामीले ‘बीआरआई’ अन्तर्गत केही योजनाहरु अघि सारेका छौँ । शिक्षा, स्वास्थ्य, पूर्वाधार र पर्यावरण सुधारको क्षेत्रका परियोजनाहरु रहेका छन्, जुन संयुक्त रुपमा अघि बढाइनुपर्छ । त्यसैले, बेइजिङमा मेरो कार्य अवधिभर प्राथमिकतामा रहने क्षेत्रहरु यिनै हुन् ।

    केही विदेशी मिडिया, खास गरी भारतमा भनेका छन् कि, नेपालसँग चीनको बढ्दो सम्बन्धले सुरक्षा चिन्ता उत्पन्न गरेको छ, तपाईंले यसलाई कसरी लिनु भएको छ ?

    यो कुरा तथ्यमा आधारित छैन । जे भनिदैछ, यो पक्षपाती मनोवृति हो । डरले सिर्जना गरेको मनोवैज्ञानिक अभिव्यक्ति हो यो । 

    भारत उपनिवेश हुँदा नेपाल एक सार्वभौम देशका रुपमा थियो । कुनै वैचारिक समूह वा शक्तितर्फ हाम्रो झुकाव छैन । त्यसैले, भारतीय मिडियाले पूर्वाग्रही रुपमा हेरिरहेका हुनसक्छन् वा उनीहरु यसैगरी कसैबाट परिचालित भएका छन् ।

    त्यसकारण उनीहरुले नक्कली समाचार प्रकाशित गरे । तर, उनीहरुले जे भनिरहेका छन्, यो सत्य होइन । चीन र नेपालबीचको सहकार्य प्राकृतिक र मित्रवत हो ।यो क्षेत्रीयतासम्बन्धी सवाल पनि होइन । बरु यो समझदारी र एकअर्काबीचको सहयोगको कुरा हो ।

    खासगरी भारतीय सञ्चार माध्यमहरुले चीन-नेपालको सम्बन्धमा दरार आएको उल्लेख गरेका छन् । यो गलत ‘प्रोपोगाण्डा’ हो, चीन–नेपालबीचको सम्बन्ध बिग्रिनुपर्ने कुनै कारण छैन । 

    एउटा छिमेकी अर्काेसँग डराउनु पर्ने अवस्था छैन । हामीले हात जोड्दै उच्च समझदारीका साथ अघि बढ्नुपर्छ र आपसी लाभका लागि सहकार्य गर्दै अघि बढ्नुपर्छ ।

    केही पश्चिमी मिडियाले भनेका छन् कि, नेपाल अहिले भारत र चीनको तनावको बीचमा परेको छ । तपाईं के भन्नु हुन्छ ? 

    कहिलेकाहीँ यस्तो हुन्छ । चीन र भारत दुई छिमेकी हुन्, नेपाल र चीन पनि छिमेकी हुन् । नेपाल र भारतपनि छिमेकी हुन् । नेपाल–भारतबीचको सीमा सम्बन्धमा लामो समयदेखि असमझदारी छ ।  यसअघि चीन–नेपालबीचको सीमामा पनि केही समस्या थियो । तर माओत्सेतुङ शक्तिमा रहेका बेला सीमा सन्धिमा हस्ताक्षर गरेपछि दुई देशबीचको सीमा समस्या समाधान भएको छ ।  अहिले चीनसँग हाम्रो कुनै भूमि विवाद छैन ।

    तर, भारतले हाम्रो केही भूमि कब्जा गरेको छ । सन् १९६२ मा जब चीन र भारतबीच युद्ध भएको थियो, त्यो युद्धमा भारत पराजित भयो । त्यसैताका केही भारतीय सैनिक अस्थायी रुपमा हाम्रो भूमिका बसेका थिए ।

    तरपछि, उनीहरुले त्यो भूमि आफ्नै भनेर दावी गर्न थाले । त्यसकारण त्यहाँ समस्या उत्पन्न भएको हो । तर पनि हामी हाम्रो तर्फबाट सीमा विवादमा सहमति खोज्न लागिपरेका छौं ।

    हामीलाई थाहा छ, आधुनिक विश्वका कुनै पनि मुद्दाहरु चिन्ता र गोलीले समाधान हुँदैनन् । हामी यसलाई सँगै बसेर मिलाउन सक्छौं । ज्ञान, सीप, बुद्धि र वैश्विक दृष्टिकोण   भए हामी सबै समस्या समाधान गर्न सक्छौं ।

    सीमा समस्या चीन–भारतबीच भएको होस् वा चीन–नेपालबीच भएको होस्, यो प्रोपोगण्डको विषय बनाउनु पर्ने चिज होइन । सँगै बसेर छलफल गरेर एतिहासिक तथ्य र प्रमाणका आधारमा साधान गर्नुपर्छ । तबमात्रै हामी वैज्ञानिक रुपले निष्कर्षमा पुग्न सक्छौं ।

    त्यसरी निकालिने निष्कर्षमा दुबै पक्ष सहमत हुनुपर्छ । हामीले भारतलाई धेरै पटक वार्ताका लागि भन्यौँ । तर, तर चासो देखाइएन ।   अहिले बल्ल भारतको तर्फबाट बढी चासो देखाएको स्थिति छ । बल्ल उनीहरु सँगै बसेर वार्ताका लागि इच्छुक देखिएका छन् । 

    चीन नेपाल रेलमार्गका सम्बन्धमा के प्रगति हुँदैछ ? यो कहिलेसम्म सम्पन्न होला ? 

    यस सन्दर्भमा नेपाल र चीन दुबैले निकै मिहिनेतका साथ काम गरिरहेका छन् । प्रारम्भिक अध्ययन पहिले नै भइसकेको थियो । तर महामारीका कारण काममा केही ढिलाई भएको छ ।

    महामारी नियन्त्रणमा आएलगत्तै फेरि काम तीब्र रुपमा अघि बढ्नेछ । दुबै पक्षले अहिले पेपरवर्क गरिरहेका छन् । दुबै पक्षबीच योजनाबद्ध रुपमा कुराकानी पनि भइरहेको छ ।

    मेरो विचारमा, रेलमार्ग सम्पन्न हुन  करिब ५ वर्ष लाग्न सक्छ । त्यसपछि रेलमार्ग प्रयोगमा आउन सक्छ ।

    गत महिना चीनले पाकिस्तान, नेपाल र अफगानिस्तानबीच कोभिड–१९ को विरुद्ध लड्न र क्षेत्रीय शान्ति एवं सुरक्षाका लागि बैठक गरेको थियो । त्यो बैठकको मूल्याङ्कन तपाईं कसरी गर्नुहुन्छ ?

    विश्वभर करिब २ सय जति देश र क्षेत्र रहेका छन् । ती मुलुकहरुबीच कोरिएका रेखाहरु पहाड हैनन्, बरु कृत्रिम रेखाहरु हुन् । जब, महामारी आउँछ, ती सीमा रेखाहरुले महामारीलाई रोक्न सक्दैनन् । 

    जब महामारी सुरु भयो, जिम्मेवार नेतृत्वकर्ताहरु सँगै बसे, नियन्त्रणका लागि पहल चाले । यो काम चिनियाँ लिडरले यहाँ गरे । मैले सधैँ भन्दै आएको छु, चीनले स्वतन्त्रताका पक्षमा, चिनियाँ जनताको जीवनको अधिकारका लागि कोरोना भाइरस नियन्त्रण गरेको हो । 

    केही देशहरुले ‘स्वतन्त्रताको च्याम्पियन’ का रुपमा आफूर्लाइ दाबी गरेका थिए । तर जब मानव जीवनको सवाल आयो, ती देशहरुले उनीहरुको जीवनको रक्षा गर्न पाउने स्वतन्त्रताको रक्षा गर्न नसकेको स्थिति देखियो । चिनियाँ नेतृत्वले जसरी जनताको जीवनको जीवनको महत्वलाई ध्यान दिएको थियो, नेपालले पनि हात फैलायो, चीनसँग हात जोड्यो र चीनले हामीलाई सहयोग गर्याे ।

    यदि हामी महामारीविरुद्ध लड्यौँ भने हामीले यसलाई नियन्त्रण गर्न सक्छौं । यदि हामीले एक अर्कालाई दुव्र्यवहार गर्छाैँ र सामुहिक रुपमा लड्दैनौँ भने यो जारी रहनेछ  र यसले मानव जातिलाई पराजित गर्न प्रयास गर्नेछ ।  राजनीतिक नेताहरुले जे भने पनि जनताहरुले एकताको महत्व बुझिसकेका छन् ।

    रणनीतिक रुपमा भन्नु पर्दा केही देशहरु एकतर्फीरुपमा नियन्त्रणमा लागिपरेका छन् । तर, यो २१ औँ शताब्दी हो र अहिले एकलौटीपननले काम गर्दैन । मानिसहरुको चाहना पनि एकलौटी रुपमा प्रयास गर्ने होइन, सबै मिलेर नियन्त्रणको प्रयास गरिनु पर्छ भन्ने हो । 

    नेपाल र दक्षिण–पश्चिम चीनको तिब्बत स्वायत्त क्षेत्रबीच लामो सीमा रहेको छ,   नेपाल र तिब्बतबीचको सहकार्यलाई कसरी मूल्याङ्कन गर्नुहुन्छ ?

    तिब्बत चीनको भाग हो । तिब्बत र नेपालबीच लामो सम्बन्ध छ । र, हामी दृढतापूर्वक ‘एक चीन नीति’ अवलम्बन गरेका छौँ । मकाओ होस् वा हङकङ, ताइवान वा तिब्बत– हामी तिनलाई चिनियाँ भूमि मान्छौँ र ‘एक चीन नीति’ लाई स्वागत गर्छाैँ । 

    तिब्बत छोडेका केही मानिसहरु भारतमा रहेका छन् । भारत र नेपालबीचको खुला सीमाका दुरुपयोग गर्दै केही अनावश्यक तत्वहरु नेपाल प्रवेश गर्न खोज्छन् । र, चीन–नेपालबीचको सम्बन्धमा दरार उत्पन्न गर्न आफ्नो पुरा कोशिस लगाउँछन् । हामी तिनीहरुलाई यस्तो हर्कतका लागि अनुमति दिदैनौँ । हामी हाम्रो भूमिलाई हाम्रो असल छिमेकीको विरुद्ध प्रयोग गर्न दिदैनौँ । 

    तिब्बती सीमा नजिकका केही नेपाली तिब्बत प्रवेश गर्छन्, तिब्बतीहरु पनि नेपाल प्रवेश गर्छन् । दुबै पक्षबीच एउटै संस्कृति, भाषा र भावना रहेको छ । त्यसकारण तिब्बत र नेपालबीच कुनै किसिमको समस्या छैन ।

    केही नेपाली सामाग्री तिब्बतमा निर्यात हुन्छन् र हामीले पनि चीनबाट थुप्रै सामाग्री आयात गर्छाैँ । सडक निर्माणको काम एवं रेलमार्ग सञ्चालनमा आएपछि व्यापारिक गतिविधि अझै बढ्नेछन् ।

    महामारी पछिको चीन-नेपालबीचको सम्बन्ध कसरी अघि बढ्ला ? 

    खासगरी भारतीय सञ्चार माध्यमहरुले चीन-नेपालको सम्बन्धमा दरार आएको उल्लेख गरेका छन् । यो गलत ‘प्रोपोगाण्डा’ हो, चीन–नेपालबीचको सम्बन्ध बिग्रिनुपर्ने कुनै कारण छैन । 

    महामारी पश्चात बहुपक्षीयता र एकता अघि बढ्नेछ । नकरात्मक सोचाईका पक्षधरहरु पछि पर्नेछन् । विश्वमा केही सकरात्मक परिवर्तनहरु आउनेछन् । विकासका दृष्टिले पछि परेका देशहरुले विकसितदेशबाट सहयोग पाउनेछन् ।

    अन्यत्र जस्तोसुकै परिवर्तन भएपनि नेपाल–चीनबीचको सम्बन्धमा कुनै नकारात्मक प्रभाव पर्ने छैन । किनभने, हामीबीच फरक राजनीतिक संस्कृति भएपनि अझै धेरै कुरामा समानता छ । ‘बीआरआई’ चीनले अघि बढाएको गरेको धेरै राम्रो पहल हो । मानिसहरुले सधैं आफ्नो जीवन सम्बृद्ध र सुखी भएको चाहन्छन् । ‘बीआरआई’ यसका लागि उपयोगी हुन सक्छ ।

    तर, वैचारिक भिन्नताका कारण यसको आलोचना गरिएको छ । तर, त्यो आलोचना सफल पनि हुनेछैन । किनभने आलोचना भनेको आलोचना हो । ‘बीआरआई’ का सन्दर्भमा गरिएको आलोचनाको अर्थ छैन ।


    प्रकाशित :आश्विन १६, २०७७ शुक्रवार - १६:५७:१९

    प्रतिक्रिया


    ताजा अपडेट

    विचार सबै
    अन्य समाचार

     

    Copyright © All right reserved - Sutra Media P. LTD.