प्रदेश ५ को प्रस्तावित राजधानी भालुवाङ क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट गर्न राेक-Sutra News

प्रदेश ५ को प्रस्तावित राजधानी भालुवाङ क्षेत्रमा जग्गा किनबेच र कित्ताकाट गर्न राेक

शुक्रबार, १६ असोज २०७७

शुक्रबार, १६ असोज २०७७

काठमाडौं- प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ। निर्णय अनुसार दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको हो।



प्रदेश ५ का मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव भरतमणि सुवेदीका अनुसार ती क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि जग्गा किनबेच र कित्ताकाट गर्न रोक्का गरेको हो। 

आजमात्र प्रदेश ५ को प्रदेशसभामा दाङको भालुवाङलाई राजधानी बनाउने प्रस्ताव पेस गरिएको थियो।  

dang_release_dhZcsnTzf1.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट