गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण-Sutra News

गण्डकी प्रदेशमा थप १७ जनामा कोरोना संक्रमण

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- गण्डकी प्रदेशमा १७ जना कोरोना संक्रमित थपिएका छन्।



प्रदेशमा संक्रमितको संख्या चार हजार तीन जना पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवम् गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा.विनोदविन्दु शर्माले जानकारी दिए।

थपिनेमा कास्कीका १०, गोरखाका पाँच र तनहुँका दुई जना रहेका छन्। संक्रमितमध्ये प्रदेशमा हालसम्म दुई हजार ८ सय ३१ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ।

प्रदेशमा सक्रिय सङ्क्रमितको संख्या एक हजार १ सय ३९ जना पुगेको निर्देशनालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट