कोरोना भाइरसबाट बाँचिएला तर आणविक विनाशबाट जोगाउने कुनै खोप छैन् : परराष्ट्र मन्त्री-Sutra News

कोरोना भाइरसबाट बाँचिएला तर आणविक विनाशबाट जोगाउने कुनै खोप छैन् : परराष्ट्र मन्त्री

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं–परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले कोरोना जस्ता भाइरसविरुद्धको लडाइँ खोपका माध्यमबाट जित्न सकिए पनि आणविक हतियारबाट हुने विनाबाट भने कुनै खोपले नबचाउने बताएका छन् ।



‘अन्तर्राष्ट्रिय आणविक हतियारको पूर्ण उन्मुलन दिवसको स्मरण गर्ने उच्चस्तरीय बैठक’लाई शुक्रबार भर्चुअल माध्यमबाट सम्बोधन गर्दै ज्ञवालीले यस्तो बताएका हुन्।

अणविक हतियारबाट हुने मृत्यु, विनाश र बर्बादी वर्तमान र भविष्यको पुस्ताका लागि बढी गम्भीर, अमानवीय र अविवेकी हुने ज्ञवालीको भनाइ छ।

‘खोपका लािग भएको बैज्ञानिक प्रतिष्पर्धाले कोरोना भाइरसविरुद्धको लडाइँ जित्ने आसा जगाएको छ,’ ज्ञवालीको भनाइ छ, ‘तर आणविक विनाशबाट हामीलाई कुनै पनि खोपले बचाउने छैन्। अणविक हतियारबाट हुने मृत्यु, विनाश र बर्बादी वर्तमान र भविष्यको पुस्ताका लागि पनि बढी गम्भीर, अमानवीय र अविवेकी हुने छ।’

यसका वाबजुत पनि आणविक हतियारमा विशाल मात्रामा पैसा खर्चिनु बिडम्बना भएको उनको भनाइ छ। उनको भनाइ छ, ‘यसका वाबजुत पनि आणविक हतियारमा गरिब देशहरुलाई दिइएको औपचारिक बिकास सहयोग भन्दा बढी पैसा खर्चिनु बिडम्बना हो।’

आणविक हतियार वा गरिवी निवारण? अनन्त विनाश वा वातावरणीय संरक्षणमध्ये केमा लगानी गर्ने भनेर छुट्याउने बेला आएको ज्ञवालीको भनाइ छ। वृहत्तर मानव र मानवताको सुरक्षा र भलाइमा केन्द्रित हुनुपर्ने मन्त्री ज्ञवालीको भनाइ छ।

आणविक उर्जाको शान्तिपूर्ण प्रयोग र आणविक हतियारको पूर्ण निशस्त्रीकरण एकै सिक्काका दुई पाटो रहेको नेपालले विश्वास गर्ने मन्त्री ज्ञवालीको भनाइ छ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट