प्रदेश ५ को राजधानी र नामबारे सरकारले ल्याएको प्रस्तावमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय-Sutra News

प्रदेश ५ को राजधानी र नामबारे सरकारले ल्याएको प्रस्तावमा मतदान गर्ने नेकपा संसदीय दलको निर्णय

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- प्रदेशको स्थायी राजधानी र नामबारे सरकारले ल्याएको प्रस्तावको पक्षमा मतदान गर्ने नेकपा प्रदेश ५ को संसदीय दलले निर्णय गरेको छ।



शनिबार बसेको संसदीय दलको बैठकले संसदमा प्रस्तावको पक्षमा मतदान गर्ने निर्णय भएको प्रदेश सांसद अम्मबहादुर डाँगीले बताए।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रदेश ५ को राजधानी दाङको भालुवाङमा राख्ने सहमति जुटेपछि प्रदेश सरकारले शुक्रबार स्थायी राजधानी भालुवाङ र नाम लुम्बिनी राख्ने प्रस्ताव प्रदेश सभामा पेस गरेको थियो।

सरकारको प्रस्तावलाई मतदान गरेर टुंग्याउन प्रदेशसभाको अर्को बैठक सोमबार बेलाइएको छ।

यद्यपि संसदीय दलको बैठकमा सरकारले ल्याएको प्रस्तावप्रति केही सांसदले असन्तुष्टि पनि जनाएका थिए। बैठकमा विशेष गरि पाल्पा, नवलपरासी (पश्चिम), रुपन्देही  र कपिलवस्तुका सांसदले सरकारले ल्याएको असन्तुष्टि जनाएका थिए।

तत्कालीन राप्ती क्षेत्रका सांसदले सरकारको प्रस्तावको स्वागत गरेका थिए भने बाँके, बर्दिया, अर्घाखाँची र गुल्मीका सांसदले भने दाङमा राजधानी राख्ने निर्णयको विरोध या सर्मथन केही नगरेको तर प्रक्रियाबारे नमिलेको बताएका थिए। हठातरुपमा प्रस्ताव आएको उनीहरुको भनाइ थियो।

सांसदहरुका कुरा सुनेपछि मुख्यमन्त्री एव् प्रदेश संसदीय दलका नेता शंकर पोखरेलले छलफलका क्रममा प्रस्तावको पक्ष-विपक्षमा विचार राखे पनि मतदान भने सबैले एउटै प्रस्तावमा गर्नुपर्ने बताएका थिए।

सांसद डाँगीले प्रस्तावप्रति केहीको असन्तुष्टि भए पनि मतदानका बेला सबैले एउटै विचार व्यक्त गर्ने र ह्विप जारी गर्नुपर्ने अवस्था नआउने बताए।

नेकपाभित्र सरकारको प्रस्तावलाई लिएर फकर-फरक मत भए पनि संसदमा फरक प्रस्ताव नै दर्ता भने नहुने डाँगीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट