नेपालमा थप २१२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८४ हजार नाघ्यो-Sutra News

नेपालमा थप २१२० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ८४ हजार नाघ्यो

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार १२० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ८४ हजार ५७० हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप २ हजार ४४ जना कोरोनामुक्त भएका छन्। हालसम्म ६२ हजार ७४० जना कोरोनामुक्त भएका छन्।

शनिबार थप ८ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट