बालुवाटर छिर्‍यो कोरोना, प्रधानमन्त्री सचिवालयका चार जनामा संक्रमण-Sutra News

बालुवाटर छिर्‍यो कोरोना, प्रधानमन्त्री सचिवालयका चार जनामा संक्रमण

शनिबार, १७ असोज २०७७

शनिबार, १७ असोज २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयका चार जनामाम कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वाव संकलन गराएका उनीहरुमा कोरोना पोजेटिभ देखिएको हो।



ओलीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्र भण्डारीलाई कोरोना पोजेटिभ देखिएको हो।

सबै जनाले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएका छन्। उनीहरुले सम्पर्कमा आएहरुले आफ़्नो स्वास्थ्यको ख्याल गर्न र सके पीसीआर परीक्षण गराउन अनुरोध गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट