रूसमा मेपछि पहिलोपटक करिब १० हजार व्यक्तिमा कोभिड–१९ पुष्टि-Sutra News

रूसमा मेपछि पहिलोपटक करिब १० हजार व्यक्तिमा कोभिड–१९ पुष्टि

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

मस्को– रूसले विगत २४ घण्टामा देशभर नौ हजार ८५९ व्यक्तिमा कोभिड–१९ संक्रमण पुष्टि भएको जानकारी गराएको छ। गत मे १५पछि शनिबार संक्रमण पुष्टि हुनेको संख्या सबैभन्दा बढी भएको कोरोना भाइरस नियन्त्रण केन्द्रले बताएको छ।



रूसको सरकारी तथ्याङ्क अनुसार अहिलेसम्म कूल १२ लाख चार हजार ५०२ व्यक्ति संक्रमित भएका छन्। रूस कोभिड–१९ बाट विश्वको चौथो बढी संक्रमित  मुलुक हो।

रूसमा शनिबारसम्म २१ हजार २५१ व्यक्तिको मृत्यु भएको छ भने नौ लाख ७५ हजार ८५९ व्यक्ति संक्रमणमुक्त भएका छन्।

केन्द्रका अनुसार विगत २४ घण्टामा सबैभन्दा बढी प्रभावित मस्को शहरमा दुई लाख ८८४ थप व्यक्ति संक्रमित भएका छन् भने यहाँ कूल संक्रमणको संख्या तीन लाखभन्दा बढी पुगेको छ।

शुक्रबारसम्म दुई लाख २६ हजार ४३५ व्यक्ति स्वास्थ्यकर्मीको निगरानीमा रहेका छन् । रूसमा कूल चार करोड ७२ लाख व्यक्तिको कोरोना भाइरस परीक्षण भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट