राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश-Sutra News

राप्रपाका भीमदत्त नगरका अध्यक्षसहित १०० कार्यकर्ता नेकपा प्रवेश

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

कञ्चनपुर– राष्ट्रिय प्रजातन्त्र पार्टी भीमदत्त नगरका अध्यक्ष तुलबहादुर थापासहित १०० नेता–कार्यकर्ता सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्।



नेकपा प्रवेश गर्नेमा राप्रपाको युवक सङ्गठनका केन्द्रीय सदस्य तेजेन्द्र ऐर, एकीकृत राप्रपाका जिल्ला उपाध्यक्ष मानबहादुर कार्कीलगायत १०० जना छन्।

नेकपाको भीमदत्त नगर कमिटीले शनिबार पार्टी कार्यालयमा आयोजना गरेको कार्यक्रममा उनीहरूलाई पार्टी प्रवेश गराएको हो। नेकपाका केन्द्रीय सदस्य कञ्चनपुर सहइन्चार्ज लालबहादुर विकले नेता थापासहित उनीहरूलाई टीका र दोसल्ला ओढाएर पार्टी प्रवेश गराए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट