काठमाडौं– चितवनको भरतपुर अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु भएको छ।
कालिका नगरपालिका–७ जुटपानीका ६२ वर्षीय पुरूषको आज बिहान ६: ३५ बजे मृत्यु भएको अस्पतालले जनाएको छ। खोकी र श्वासप्रश्वासको समस्या देखिएर अस्पताल भर्ना भएका उनलाई असोज १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
प्रतिक्रिया दिनुहोस्