

काठमाडौं- नेपाली बजारमा सुनचाँदीको भाउ आइतबार सामान्य बढेको छ। गत शुक्रबारको तुलनामा आइतबार छापावाला सुनको भाउ प्रतितोला दुई सयले बढेर ९४ हजार पाँच सय रुपैयाँ कायम भएको छ।
गत शुक्रबार यसको भाउ प्रतितोला ९४ हजार तीन सय रुपैयाँ थियो। यस्तै तेजावी सुनको भाउ पनि प्रतितोला दुई सयले नै बढेर ९४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
गत शुक्रबार यसको भाउ प्रतितोला ९३ हजार आठ सय रुपैयाँ रहेको थियो। यता चाँदीको भाउ पाँच रुपैयाँले बढेर एक हजार एक सय ८० रुपैयाँ कायम भएकोल छ। शुक्रबार यसको भाउ प्रतितोला एक हजार एक सय ७५ रुपैयाँ थियो।