सर्वोच्चका न्यायाधीशमा कोरोना देखिएपछि अधिकांश इजलास स्थगित-Sutra News

सर्वोच्चका न्यायाधीशमा कोरोना देखिएपछि अधिकांश इजलास स्थगित

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

काठमाडौं- सर्वोच्च अदालतका न्यायाधीशहरूमा पनि कोरोना संक्रमण देखिएपछि बुधबार हुने भनिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमको नियुक्ति उपर परेको रिटको सुनुवाई प्रभावित हुने भएको छ। सर्वोच्च अदालतका न्यायाधीश पुरुषोत्तम भण्डारीमा संक्रमण देखिएपछि यस्तो स्थिति देखिएको हो।



न्यायाधीश भण्डारीको स्वाब परीक्षण गर्दा पोजिटिभ देखिएपछि सर्वोच्च अदालतका अधिकांश न्यायाधीश होम क्वारेण्टिनमा बस्ने स्थिति सिर्जना भएको छ। त्यसैले, अधिकांश न्यायाधीशको इजलास स्थगित गरिएका छन्। सिर्फ न्यायाधीश मनोजकुमार शर्माको एकल इजलाश मात्र सुचारु हुने स्रोतले बताएको छ।

सर्वोच्च अदालतमा जिम्मेवारीमा रहेका जना न्यायाधीसमध्ये आधाभन्दा बढी न्यायाधीसलाई ज्वरो र खोकीको लक्षण देखिएको छ। केही न्यायाधीश पनि खोकी र ज्वरोबाट पीडित बनेपछि र न्यायाधीश भण्डारीमा कोरोना पोजेटिभ देखिँदा क्वारेन्टिनमा बस्नु पर्ने भएकाले राष्ट्रिय सभामा गौतमको मनोनयन उपर परेको रिटमा बुधबार (२१ असोज) सुनुवाई नहुन सक्छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट