नेकपा सचिवालय बैठक नबसे पनि अध्यक्षद्वयबीच छलफल-Sutra News

नेकपा सचिवालय बैठक नबसे पनि अध्यक्षद्वयबीच छलफल

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पूर्व निर्धारित सचिवालय बैठक बस्न नसकेपछि अध्यक्षदव्यबीच बालुवाटारमा डेढ घण्टा छलफल भएको छ।



प्रधामन्त्री केपी शर्मा ओलीको सचिवालयका अधिकांश सदस्य र सुरक्षाकर्मीलाई समेत कोरोना संक्रमण भएपछि आइतबार दिउँसो चार बजेलाई तोकिएको सचिवालय बैठक स्थगित गरिएको थियो।

कोारोनाको कारण देखाउँदै बैठक नबसे पनि प्रधानमन्त्री तथा अध्यक्ष भेट्न अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आइतबार दिउँसो बालुवाटार पुगेका थिए।

अध्यक्षद्वयबीच दिउँसो २ः३० देखि ४ बजेसम्म छलफल भएको प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटाले जानकारी दिए। उनका अनुसार सचिवालय बैठकको कार्यसूचीमै केन्द्रित भएर छलफल भएको थियो ।

पार्टीभित्र कुनै परामर्श नगरी राजनीतिक नियुक्ति गरेको भन्दै प्रधानमन्त्री ओलीप्रति नेकपा धेरै नेता असन्तुष्ट छन्। त्यस्तै मन्त्रिपरिषद् हेरफेरसम्बन्धी जारी छलफल पनि कुनै निचोडमा पुग्न सकेको छैन।

सचिवालय बैठकमा मुलतः यी दुई विषयमा छलफल हुने ठानिएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट