नेप्से परिसूचक १४.७१ अंकले उकालो लाग्यो-Sutra News

नेप्से परिसूचक १४.७१ अंकले उकालो लाग्यो

आइतबार, १८ असोज २०७७

आइतबार, १८ असोज २०७७

काठमाडौं- आइतबार सेयर बजारमा उछ्छाल आएको छ। आज नेप्से परिसूचक १४.७१ अंकले बढेर १५८५.७५ बिन्दुमा पुगेर रोकिएको छ।



काठमाडौं- आज सेयर बजारमा १९३ कम्पनीको २ अर्ब ९३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ। ९८ लाख ९७ हजार ४५ कित्ता सेयर खरिदबिक्री भएका छन्।

खरिदबिक्री भएका १२ समूहमध्ये हाइड्रोपावर र म्युचुअल फन्ड समूहबाहेक बाँकी सबै माथि लागेका छन्। उत्पादनमूलक समूह सबैभन्दा बढी १४५.२६ अंकले बढेको छ। यता, वाणिज्य बैंक समूहको सूचक पनि १५.५६ विन्दुले माथि लागेको छ।

आज कर्पोरेट डेभलपमेन्ट बैंकको भाउ सबैभन्दा धेरै ९.८४ प्रतिशतले बढेको छ। यसैगरी, प्रोग्रेसिभ फाइनान्स, उन्नति सहकार्य लघुवित्तको मूल्य पनि ९ प्रतिशत भन्दा बढीले वृद्धि भएको छ। खदिरबिक्री रकम शिवम सिमेन्ट अग्रस्थानमा छ। यसको २५ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।

यसैगरी, दोस्रोमा नेपाल पुनर्बिमा कम्पनी र तेस्रोमा एनसीसी बैंक रहेका छन्। आज ९२ कम्पनीको भाउ बढेको छ भने ६३ वटाको घटेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट