प्रदेश ५ राजधानी विवाद : नेकपाले बोलायो संसदीय दलको बैठक-Sutra News

प्रदेश ५ राजधानी विवाद : नेकपाले बोलायो संसदीय दलको बैठक

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं– प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धी पेश भएको प्रस्तावबारे छलफल गर्न सत्तारुढ दल नेकपाले संसदीय दलको बैठक बोलाएको छ।



१७ असोजमा मुख्यमन्त्री निवासमा भएको संसदीय दलको बैठकमा आफ्ना धारणा राख्न नपाएका सांसदहरुलाई छफलमा सहभागी गराउने उद्देश्यले दलको बैठक आव्हान गरिएको नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले सूत्रन्युजलाई जानकारी दिए।  

उनका अनुसार आजको बैठकान ह्वीप लगाउने नलगाउने विषयमा छलफल हुनेछ।  

सांसदहरुलाई बिहान दलको बैठकमा उपस्थित हुन साँझ नै एसएमएस गरेका थिए। अहिले सांसदहरु संसदीय दलको कार्यालयमा पुग्ने क्रम चलिरहेको छ। केहीबेरमै बैठक बस्ने मुख्य सचेतक ढकालले जानकारी दिए। 

यसअघि ह्वीप लगाउन सक्ने निर्णय गरेपनि नेकपाले राजधानी र नामबारे ह्वीप जारी गर्ने जानकारी सांसदहरुलाई गराएको छैन।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट