षड्यन्त्रपूर्वक प्रदेश नम्बर ५ को राजधानी सार्न खोजियो : कांग्रेस प्रमुख सचेतक खाँण-Sutra News

षड्यन्त्रपूर्वक प्रदेश नम्बर ५ को राजधानी सार्न खोजियो : कांग्रेस प्रमुख सचेतक खाँण

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले षड्यन्त्रपूर्वक ढंगले प्रदेश नम्बर ५ को राजधानी नयाँ ठाउँमा सार्न खोजेको बताएका छन्। खाँणले सोमबार एक विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्।



प्रदेश नम्बर ५ सरकारको निर्णयपछि बुटवलबाट दाङमा स्थायी राजधानी सार्ने प्रस्ताव संसदमा दर्ता भएको छ। राजधानी सार्ने प्रस्तावले बुटवल क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रनुपर्ने अवस्था सिर्जना हुनु दुःखद पक्ष रहेको खाँणले बताएका हुन्।

‘प्रदेश सरकारले विज्ञको सल्लाह र सुझावलाई पन्छाएर नयाँ ठाउँमा पड्यन्त्रपूर्वक राजधानी सार्ने प्रस्तावले यस क्षेत्रका जनता विरोध र प्रतिकारमा उत्रन पर्ने अवस्था सिर्जना हुनु दुस्खद पक्ष हो,’ खाँण द्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खाँणले बुटवललाई नै राजधनी यथावत कायम गर्न माग गरेका छन्।

 

120762990_3489755161088583_6305865982293073920_n.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट