बनियानी– कोभिड–१९ को कारण विगतमा झैं यस वर्ष भद्रपुर–१० स्थित काली मन्दिरमा सार्वजनिक जमरा नराखिने भएको छ।
मन्दिर सञ्चालक समितिले कोभिड–१९ को महामारीका कारण सरकारले मन्दिरमा भेला हुनसमेत बन्देज गरेका कारण जमरा राख्ने र भीडभाड नगर्ने निर्णय गरेको समितिका सचिव यशोदा कोइरालाले जानकारी दिए।
काली मन्दिरमा वर्षौं अघिदेखि हिन्दू धार्मिक विधिअनुसार वडादशैंँको घटस्थापनामा जमरा राखी नवरात्रिभरि पूजाआजा गरिँदै आएको थियो। समितिका अध्यक्ष भीम पौडेलले भने, ‘कोरोनाले मुलुक आक्रान्त भएका बेला जमरा राख्ने कार्य स्थगित गरेका छौं।’