प्रदेश ५ को प्रदेसभामा कांग्रेसको अवरोध, बैठक स्थगित-Sutra News

प्रदेश ५ को प्रदेसभामा कांग्रेसको अवरोध, बैठक स्थगित

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- प्रदेशको स्थायी राजधानी र नाम तोक्न सोमबार बसेको प्रदेश ५ को प्रदेशसभा बैठक नेपाली कांग्रेसले अवरोध गरेको छ।



विपक्षी दलका नेता वीरेन्द्रकुमार कनौडियाले राजधानी बुटवलबाट दाङ सार्नु पर्नाको औचित्य पुष्टि गर्न मुख्यमन्त्रीलाई आग्रह गरे।

‘बुटवलबाट दाङमा राजधानी सार्नुको औचित्य के हो?,’ संसदमा बोल्दै उनले भने, ‘सहमतिमै राजधानी तोकिनुपर्थ्यो। खुसी हुनुपर्ने दिनमा बाहिर निषेधाज्ञा लगाएर तानाशाही शैलीमा राजधानी तोक्न खोजियो।’

उनले बहुमतले पेलेर नहुने र सर्वसहमतिबाट यो पास गर्नुपर्ने बताए। बैठक सुरू गरेलगत्तै विपक्षी दलका सांसदले उठेर विरोध गरेका थिए।

कांग्रेस सांसदहरूले नाराबाजी समेत गरे। कांग्रेसको अवरोधपछि बैठक दुई बजेसम्मलाई स्थगित भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट