प्रदेश ५ को राजधानी दाङ बनाउने पक्षमा मतदान गर्न नेकपाद्वारा सांसदहरूलाई ह्विप-Sutra News

प्रदेश ५ को राजधानी दाङ बनाउने पक्षमा मतदान गर्न नेकपाद्वारा सांसदहरूलाई ह्विप

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं– प्रदेश राजधानी र नामबारे सरकारले ल्याएको प्रस्तावका पक्षमा मतदान गर्न सत्तारुढ नेपाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आफ्ना सांसदहरुका लागि ह्विप जारी गरेको छ।



सोमबार बिहान बुटवलमा बसेको नेकपाको प्रदेश ५ को प्रदेशसभाको बैठकले प्रदेशको राजधानी दाङ र नाम लुम्बिनीको प्रस्तावको पक्षमा मतदान गर्न आफ्ना सांसदहरुलाई ह्विप जारी गर्ने निर्णय गरेको हो।

नेकपा मुख्य सचेतक भूमिश्वर ढकालले दाङलाई राजधानी बनाउने प्रस्तावको पक्षमा मतदान गर्न मुख्यमन्त्री शंकर पोखरेलले ह्विप जारी गरेको जानकारी दिए।

नेकपाका ६० जना प्रदेशसभा सांसद छन्। बैठकले दाङ देउखुरीलाई प्रशासनिक राजधानी बनाउने र लुम्बिनी क्षेत्रलाई आर्थिक र पर्यटकीय राजधानी बनाउने गरी प्रदेश सरकारले कार्यक्रम ल्याउने निर्णय पनि गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट