बोल्न पाउनुपर्ने भन्दै नेकपा सांसदबाटै प्रदेशसभामा अवरोध-Sutra News

बोल्न पाउनुपर्ने भन्दै नेकपा सांसदबाटै प्रदेशसभामा अवरोध

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं– प्रदेश ५ को स्थायी राजधानी र नामबारे प्रदेश सरकारले राखेको प्रस्तावलाई अघि बढाउन सोमबार सुरु भएको प्रदेश सभामा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)कै सांसदले अवारेध पुर्‍याएका छन्।



विराधेकाबीच प्रदेशसभा सुरु भएपछि प्रमुख पतिपक्ष नेपाली कांग्रेसले प्रदेशसभामा तोडफोड गरेका छन्। त्यसलगत्तै बोलेका नेकपा सांसद भोजप्रसाद श्रेष्ठले बोल्ने समय कटौती नगर्न सभामुखलाई आग्रह गरे। सभामुख पूर्ण घर्तीले बोल्न दिएपछि केहीबेर बोलेका उनले प्रदेश राजधानी दाङ राख्ने प्रस्तावप्रति असहमति जनाए।

सभामुखले ५ मिनेट समय दिएको र समय सकिएको भन्दै अर्का सांसदलाई समय दिए पनि श्रेष्ठले हात उठाइरहे। संसदमा हात उठाइनुको अर्थ ध्यानाकर्षण वा विरोध हो। रुपन्देहीबाट निर्वाचित नेकपा सांसद श्रेष्ठ राजधानी बुटवलमै हुनुपर्ने पक्षमा छन्।

उनले अहिले पनि सभामा हात उठाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट