नेपालमा थप २४४० जनामा कोरोना संक्रमण, एकैदिन १९ संक्रमितको मृत्यु-Sutra News

नेपालमा थप २४४० जनामा कोरोना संक्रमण, एकैदिन १९ संक्रमितको मृत्यु

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ४४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ८९ हजार २६३ हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार १३३ जना कोरोनामुक्त भएका छन्। हालसम्म ६५ हजार २०२ जना कोरोनामुक्त भएका छन्।

सोमबार थप १९ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय ५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट