प्रदेश ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन सार्वजनिक-Sutra News

प्रदेश ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन सार्वजनिक

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- प्रदेश ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिको प्रतिवेदन सार्वजनिक भएको छ।



सोमबार बसेको प्रदेश सभाको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र सत्तारुढ नेपालका कम्युनिष्ट पार्टी (नेकपा)का केही सांसदले समेत समितिको प्रतिवदेन सार्वजनिक गर्न माग गरेका थिए।

उनीहरुको माग बमोजिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री कुलप्रसाद केसीले प्रदेशसभामै उक्त समितिको प्रतिवदेन सार्वजनिक गरेका हुन्। उनले सभामुख पूर्ण घर्तीलाई प्रतिवेदन हस्तान्तरण गरे।

प्रदेश नं ५ को नामाकरण तथा स्थायी राजधानीसम्बन्धी अध्यन गरेर सुझाव दिन नेकपा सांसद दीपेन्द्र पुनको संयोजकत्वमा विशेष समितिले बनाइएको थियो।

विशेष समितिले नामाकरण सम्बन्धमा तीन र स्थायी राजधानी सम्बन्धमा आठ प्रश्नावली निर्माण गरेर प्रदेशभरका विभिन्न जिल्लाबाट सुझाव सङ्कलन गरिने गरेर प्रतिवेदन तयार पारेको थियो।

छलफल सकियो

विरोधकैबीच सोमबार सञ्चालन भएको प्रदेश सभामा राजधानी तथा नामसम्बन्धी सरकारले पेस गरेको छलफल प्रस्तावमा सत्तापक्ष र विपक्षी दलका केही सांसदले धारणा राखेपछि प्रस्तावमाथि छलफलको क्रम सकिएको छ।

छलफल सकिएसँगै सभामुखले प्रस्तावमाथि संसोधन हाल्न १८ घण्टाको समय उपलब्ध गराएका छन्। प्रदेशसभाको अर्को बैठक मंगलबार १२ बजे बस्नेगरी स्थगित गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट