नेप्से परिसूचक ३.६३ अंकले घट्डा २ अर्ब ५७ करोड भन्दा माथिको कारोबार-Sutra News

नेप्से परिसूचक ३.६३ अंकले घट्डा २ अर्ब ५७ करोड भन्दा माथिको कारोबार

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- सोमबार सेयर बजार सामान्य घटेको छ। आज विशेष गरी लगानीकर्ताहरु विकास बैंक र हाइड्रोपावर समूहमा तिर लागेका छन्।



हाइड्रोपावर समूहको सेयरमा लगानीकर्ताको आकर्षण रहेको छ। आइपीओ मूल्य भन्दा तल झरेको हाइड्रोपावरका सेयरहरु पछिल्लो केहि दिन यता क्रमशः उकालो लागि रहेको छ। यसैगरी, विकास बैंक समूह पनि उकालो लागेको छ। वित्तीय प्रणालीमा पर्याप्त लगानी गर्ने पैसा भएकाले पछिल्ला दिनहरुमा सेयर बजारमा सकारात्मक माहोल देखिएको छ।

सोमबार नेप्से परिसूचक ३.६३ अंकले घटेर १५८२.१२ विन्दुमा पुगेर रोकिएको छ। आज १९३ कम्पनीको २ अर्ब ५७ करोड ८७ लाख ७ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको नेपनल स्टक एक्स चेन्जले जानकारी दिएको छ। नेप्सेका अनुसार आज ९५ लाख १८ हजार ७६५ कित्ता सेयर खरिदबिक्री भएका छन्। यो खरिदबिक्री रकम निकै उत्साहप्रद हो । १२ समूहको कारोबार भएकामा ५ वटा समूहमा सुधार आएको छ । सबैभन्दा धेरै हाइड्रोपावर समूह २७.३९ अंकले माथि लागेको छ ।

वाणिज्य बैंक समूहको कारोबारमा ३.८९ अंकको ह्रास आएको छ। कामना सेवा विकास बैंक, रैराङ हाइड्रोपावरको भाउ १० प्रतिशतले बढेका छन्। सबैभन्दा धेरै प्रोग्रसिभ फाइनान्सले ७.१९ प्रतिशतले गुमाएको छ। खरिदबिक्रीमा नेपाल पुनर्बिमा कम्पनी अग्रस्थानमा छ । यसको २७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट