कांग्रेसका ८ केन्द्रीय सदस्यद्वारा प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्तावको स्वागत-Sutra News

कांग्रेसका ८ केन्द्रीय सदस्यद्वारा प्रदेश ५ को राजधानी भालुवाङ राख्ने प्रस्तावको स्वागत

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- प्रदेश ५ को राजधानी दाङ देउखुरीको भालुवाङमा राख्ने प्रस्तावको कांग्रेसकै केही सांसदले विरोध गरिरहेका बेला त्यस क्षेत्रका आधा दर्जनभन्दा बढी केन्द्रीय सदस्यले भने स्वागत गरेका छन्।



सरकारी विज्ञ टोलीको सिफारिस, समन्यायिक विकास, प्राकृतिक स्रोतको न्यायिक वितरण, जनमतको कदर र संघीयताको मर्म र भावना अनुसार सबैलाई सुविधाजनक रहेको भन्दै उनीहरुले सामरिक दृष्टिकोणले समेत अत्यन्त उपयुक्त स्थान दाङ देउखुरीको भालुवाङलाई प्रदेशको राजधानी बनाउने प्रस्तावप्रति आफूहरुको पूर्ण समर्थन रहेको बताएका छन्।

सोमबार विज्ञप्ति निकाल्ने नेपाली कांग्रेस केन्द्रीय सदस्यहरुमा दिपक गिरी, किशोरसिंह राठौर, पार्वता डिसी चौधरी, शिला खड्का, डा. गोपाल दहित, मंगल प्रसाद थारु, योगेन्द्र चौधरी र कृष्ण किशोर घिमिरेले रहेका छन्।

त्यस्तै प्रतिनिधिसभा सांसद समेत रहेका नेपाली कांग्रेस बर्दियाका सभापति सञ्जय गौतम र पूर्वराज्यमन्त्री रहिसकेका रोल्पा पूर्वका सभापति अमरसिह पुनले पनि भालुवाङको नाममा आफूहरुको पूर्ण समर्थन नरने भन्दै विज्ञप्तिमा हस्ताक्षर गरेका छन्।

प्रदेशको केन्द्र भालुवाङ हुनु पर्ने आफूहरुको पुरानै माग भएको भन्दै अहिले सोही स्थानमा देश केन्द्र प्रस्ताव गरेकोमा सरकारप्रति उनीहरुले आभार पनि व्यक्त गरेका छन्।

‘नेपाली कांग्रेसले पहिलेदेखि नै प्रदेश नम्बर पाँचको नाम र स्थायी राजधानी तोक्न पटक(पटक ध्यानाकर्षण गराउँदै आएको सर्वविदितै छ,’ विज्ञप्तिमा भनिएको छ, ‘ हामीले सुरुदेखि नै प्रदेशको केन्द्र भालुवाङ हुनु पर्दछ भनेको स्मरण गराउँदै आएकोमा सोही स्थानलाई नै प्रदेश केन्द्र प्रस्ताव गरेकोमा प्रदेश नम्बर पाँच प्रदेश सरकारप्रति आभार व्यक्त गर्दछौं।’

प्रदेशसभामा पेस गरिएको प्रस्तावको पक्ष र विपक्षमा बहसहरु चलिरहेकोप्रति आफूहरुको गम्भीर ध्यानाकर्षण भएको पनि उनीहरुले बताएका छन्। सरकारको प्रस्तावप्रति असहमति जनाउँदै आएका कांग्रेसका नवलपरासी पश्चिम, रुपन्देही र कपिलवस्तुका सांसदले भने प्रदेशसभामा तोडफोड नै गरेका छन्। 

press release.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट