कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत छ : प्रवक्ता शर्मा-Sutra News

कुर्सी तोडफोड कांग्रेसको नीति र संस्कृति विपरीत छ : प्रवक्ता शर्मा

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रदेश ५ को संसदमा भएको कुर्सी तोडफोडको घटना पार्टीको नीति र संस्कृति विपरीत भएको बताएका छन्। उनले ट्विटरमार्फत् आफ्नो धारणा सार्वजनिक गरेका हुन्।



‘प्रदेश ५ को संसदमा ३ सांसदले गरेको कुर्सी तोडफोड नेपाली कांग्रेसको नीति र संस्कृति विपरीत छ। रोस्ट्रम भाच्नेदेखि संसदीय पद्धति नै नास्छौं भन्ने कम्युनिस्ट पार्टीहरुलाई समेत रुपान्तरण गर्ने प्रशिक्षक रहेको दलका सांसदलाई पार्टीको संस्कृति उलंघनको स्वायत्तता विल्कुलै दिइएको छैन,’ उनले लेखेका छन्।

संसदीय ब्यवस्था कम्युनिस्टका लागि बाध्यताको, कांग्रेसका लागि रोजाईको पद्धति भएको बताउँदै उनले भनेका छन्, ‘परिमार्जित र सुसंस्कृत बनाउँदै अघि बढ्ने कर्तव्य पनि हाम्रै हो! अरुका गल्तीमा सच्याउँदै बढ्न प्रेरित गर्ने कांग्रेस आफ्नाको `छिटपुट´ भनेर छोप्दैन, कठोरतापुर्वक सच्याएर बढ्ने सामर्थ्य राख्नेछौं!’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट