सेनाले छिचोलेको घाँटीबगड-छाङरु [फोटो फिचर]-Sutra News

सेनाले छिचोलेको घाँटीबगड-छाङरु [फोटो फिचर]

सोमबार, १९ असोज २०७७

सोमबार, १९ असोज २०७७

काठमाडौं- नेपाली सेनाले घाँटीबगड-छाङरु गोरेटो/घोडेटो बाटो निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ।



सोमबार एका कार्यक्रम गरी हस्तान्तरण गरिएको बाटो ८५ दिनमा सम्पन्न भएको नेपाली सेनाले जनाएको छ।

विगत ३ वर्षदेखि अवरुद्ध रहेको उक्त बाटो नेपाली सेनाको टोलीले २६ जेठबाट निर्माण कार्य सुरु गरेको थियो। यो बाटो कूल  ५५० मिटर लम्बाइ र २ मिटर चौडा रहेको छ।

कडा चट्टानी भूगोल, भारतीय अवरोध, प्रतिकूल मौसम र निर्माण सामग्री ढुवानीमा ढिलाइ हुँदा दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्यका साथ सुरु गरेको बाटो निर्माणको काम चार महिनामा सकिएको हो। यसले दाचुर्लाको व्यास गाउँपालिकाको घाँटीबगरदेखि छाङरूसम्म जोड्नेछ।

यो बाटो खुलेसँगै व्यासवासीलाई नेपालकै बाटो भएर गाउँसम्म आवतजावत गर्न सहज भएको छ। यसबाट व्यासको छाङरू र तिङ्कर गाउँमा बसोबास गरेका झन्डै दुई सय परिवारलाई दार्चुला सदरमुकाम कुन्चा सर्न सहज हुने सेनाले जनाएको छ।

व्यासी हरेक वर्ष छ महिना व्यास र छ महिना सदरमुकाम खलङ्गा बस्ने गर्छन्। खलङ्गाको गर्मी छल्न गाउँ उक्लिएका व्यासी चिसो बढेपछि पुनः मङ्सिर पहिलो साता खलङ्गा झर्ने गर्छन्।

विगतमा नेपालतर्फ बाटो नहुँदा व्यासी भारतीय बाटो प्रयोग गरेर गाउँ जाने गरेका थिए। यो वर्ष सीमा विवाद, लकडाउन र सीमा नाका बन्द भएकाले व्यासीलाई गाउँ फर्किन समस्या थियो।

घोरेटो बाटो निर्माण भएसँगै व्यास पुग्न नेपाल र भारत दुवैतर्फको प्रशासनको अनुमति लिनुपर्ने बाध्यता अन्त्य हुने आशा गरिएको छ। घाँटीबगरमा सेनाले बाटो निर्माण सम्पन्न गरे पनि तम्बाकु भीर क्षेत्रमा जोखिम कायमै रहेको छ।

सरकारले दार्चुला तिङ्कर सडक अन्तर्गत व्यास गाउँपालिका-२, कोठेधारदेखि तिङ्करसम्मको ८७ किलोमिटर क्षेत्रमा सडक निर्माणको जिम्मा पनि नेपाली सेनालाई दिएको छ। घोडेटो बाटो खुलाएको सेनाले केही दिनपछि तिङ्कर सडक निर्माणको काम थाल्ने जनाएको छ। 

army sadak1.jpg

army sadak2.jpg

army sadak3.jpg

army sadak4.jpg

army sadak7.jpg

army sadak6.jpg

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट