दमक नगरप्रमुखलाई कोरोना पुष्टि-Sutra News

दमक नगरप्रमुखलाई कोरोना पुष्टि

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

झापा-  झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ।



नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार सोमबार उनलाई संक्रमण पुष्टि भएको हो। उनकी पत्नी लीला ओली र छोरा अनिल ओलीलाई समेत कोरोना पोजेटिभ देखिएको छ।

मेयर ओलीलाई उपचारका लागि आम्दा हस्पिटलमा भर्ना गरिएको कार्यकारी अधिकृत तिम्सिनाले जानकारी दिए। नगरप्रमुखसहित एक वडाध्यक्षलाई संक्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट