प्रदेश ५ को राजधानी विवादः दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप-Sutra News

प्रदेश ५ को राजधानी विवादः दाङको विपक्षमा मतदान गर्न कांग्रेसको ह्विप

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- नेपाली कांग्रेसले प्रदेश नम्बर ५ को स्थायी राजधानी दाङको विपक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्विप जारी गरेको छ। मंगलबार बस्ने प्रदेश सभा बैठकमा मतदान प्रक्रियाबाट राजधानी तोक्ने निर्णय हुन सक्ने भएकोले दाङको विपक्षमा मतदान गर्न कांग्रेस संसदीय दलले ह्विप लगाएको हो।



प्रदेश सरकारको निर्णयपछि आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले स्थायी राजधानी दाङ देउखुरी र प्रदेशको नाम लुम्बिनी प्रस्ताव प्रदेश सभामा लगेका थिए।

प्रदेश सरकारले संसदमा पेश गरेको प्रस्तावका विपक्षमा मतदान गर्ने निर्णय भएको कांग्रेसका नेता वीरेन्द्रकुमार कनौडियाले सूत्रन्युजलाई जानकारी दिए।

मंगलबार बिहान सूत्रन्युजसँग कुरा गर्दै कनौडियाले भने, ‘प्रदेशको राजधानी बुटवलमै यथावत राख्नुपर्छ। दाङ सार्ने सरकारको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरिसकिएको छ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट