कांग्रेस प्रवक्ताको नेकपा प्रवक्तालाई प्रश्न: मन्त्रीको उत्तेजक आदेशमा नेकपा प्रवक्ता किन नबोल्ने ? कता हुनुहुन्छ ?-Sutra News

कांग्रेस प्रवक्ताको नेकपा प्रवक्तालाई प्रश्न: मन्त्रीको उत्तेजक आदेशमा नेकपा प्रवक्ता किन नबोल्ने ? कता हुनुहुन्छ ?

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठलाई प्रश्न गरेका छन्।



सोमबार प्रदेश नम्बर ५ को स्थायी राजधानीका विषयमा प्रदेशसभामा कांग्रेस सांसदहरूले कुर्सी तोडफोड गरेका थिए।

कुर्सी तोडफोडका विषयमा कांग्रेस प्रवक्ताले बोलिसकेको र मन्त्रीले उत्तेजक आदेश दिएकोमा भने नेकपाका प्रवक्ता श्रेष्ठ चुप लागेर बसेको भन्दै कांग्रेस प्रवक्ता शर्माले प्रश्न गरेका हुन्।

मंगलबार विहान ट्वीट गर्दै शर्माले भनेका छन्, ‘‘कुर्सी तोडफोड गलत’ कांग्रेस प्रवक्ता बोल्ने, ‘मन्त्रीको उत्तेजक आदेश गलत’ नेकपा प्रवक्ता किन नबोल्ने? संसदमा सभामुखको रुलिङ चल्ने हो कि मन्त्रीको जंगी आदेश प्रवक्ताज्यु?’

प्रवक्ता शर्माले अरूले गरेका काम बेठीक र आफ्नाले गरे त्यो ठीक हुने भन्दै थप प्रश्न पनि गरेका छन्। ‘अरूले गरे बेठीक आफ्नाले गरे ठीक? कता हुनुहुन्छ नेकपा प्रवक्ता?’

प्रवक्ता शर्माले मर्यादापालकलाई मन्त्रीको उत्तेजक आदेश अनधिकृत, असंसदीय र आपत्तिजनक रहेको पनि बताएका छन्।

संसदमा द्वन्द्व हुँदा संयमसँग समाधान खोज्ने कर्तव्य सभामुखको भएको बताउँदै प्रवक्ता शर्माले संसद बाहिर मुख्यमन्त्रीको कर्तव्य रहेको बताए। सभामुख मौन र मन्त्री आक्रामक हुँदा द्वन्द्व चर्किने उल्लेख गर्दै मन्त्रीको प्रस्तुति सरकारकै अभिव्यक्ति हो? भन्दै थप प्रश्न गरेका छन्।

‘मर्यादापालकलाई मन्त्रीको उत्तेजक आदेश अनधिकृत,असंसदीय र आपत्तिजनक छ, शर्माले भने, ‘संसदमा द्वन्द्व हुँदा संयमसँग समाधान खोज्ने कर्तव्य सभामुखको हो,संसद बाहिर मुख्यमन्त्रीको। सभामुख मौन र मन्त्री आक्रामक हुँदा द्वन्द्व चर्कन्छ। मन्त्रीको प्रस्तुति सरकारकै अभिव्यक्ति हो?’

प्रदेश नम्बर ५ का आन्तरिक मामिला तथा कानून मन्त्री कुलप्रसाद केसीले विरोधमा उत्रिएका कांग्रेसका सांसदलाई घिसारेर निकाल्न निर्देशन दिएका थिए।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट