बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट पुरुषको मृत्यु-Sutra News

बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोनाबाट पुरुषको मृत्यु

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

धरान- धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड-१९ अस्पतालमा थप एक पुरुषको कोरोना संक्रमणबाट आज विहान मृत्यु भएको छ। मृत्यु हुनेमा धरान उपमहानगरपालिका–३ का ६४ वर्षीय पुरुष रहेका प्रतिष्ठानका प्रवक्ता डा.आशिस श्रेष्ठले जानकारी दिए।



मधुमेह तथा क्षयरोगबाट पीडित ती पुरुषलाई श्वास प्रश्वासमा समस्या आएपछि गत असोज १२ गते अस्पताल भर्ना गरिएको थियो। सोही दिन उनको स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको प्रतिष्ठानले जनाएको छ।

योसँगै प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुनेको संख्या ४२ पुगेको छ। हालसम्म धरानमा १० जनाको कोरोनाबाट निधन भएको धरान उपमहानगरपालिको स्वास्थ्य महाशाखाले जनाएको छ।

सोमबार विहान प्रतिष्ठानमा तेह्रथुम र धरानका थप २ जनाको कोरोनाबाट मृत्यु भएको थियो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट