

काठमाडौं– नेपाली बजारमा मंगलबार सुनको भाउ बढेको छ। सोमबारको तुलनामा मंगलबार छापावाल सुनको भाउ प्रतितोला आठ सय रुपैयाँले बढेर ९४ हजार नौं सय रुपैयाँ कायम भएको छ।
सोमबार यसको भाउ प्रतितोला ९४ हजार एक सय रुपैयाँ रहेको थियो। यस्तै तेजावी सुनेको भाउ पनि प्रतितोला आठ सयले नै बढेर प्रतितोला ९४ हजार चार सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ।
सोमबार यसको भाउ प्रतितोला ९३ हजार ६०० रुपैयाँ थियो। यता चाँदीको पनि २० रुपैयाँले बढेर एक हजार दुई सय कायम भएको छ। सोमबार यसको भाउ एक हजार एक सय ८० रुपैयाँ थियो।