कम्युनिस्टलाई नागरिकता नदिने अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायोः नेकपा प्रवक्ता-Sutra News

कम्युनिस्टलाई नागरिकता नदिने अमेरिकी नीतिले लोकतन्त्रको खिल्ली उडायोः नेकपा प्रवक्ता

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट पार्टीको सदस्यता लिएका आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिले लोकतन्त्रको खिल्ली उडाएको बताएका छन्।



‘अमेरिकाले हालै देशभित्र वा विदेशको कुनै कम्युनिस्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने नीतिको खुला घोषणा गरेको छ,’ श्रेष्ठले मंगलबार ट्वीटरमा लेखेका छन्, ‘यसले स्वेच्छाले कुनै पार्टीको सदस्य बन्न पाउने अधिकार र लोकतन्त्रको खिल्ली उडाएको छ। यही हो ‘नमुना पुँजीवादी लोकतन्त्र।’

अमेरिकाले हालै सार्वजनिक गरेको नागरिकता सम्बन्धी नीतिमा देशभित्र वा विदेशको कुनै कम्युनिस्ट पार्टीको सदस्यता लिएको आप्रवासीलाई नागरिकता वा स्थायी आवासीय प्रमाणपत्र नदिने उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट