प्रदेश ५ को स्थायी राजधानी र नामकरण सम्बन्धी तीन संशोधन प्रस्ताव-Sutra News

प्रदेश ५ को स्थायी राजधानी र नामकरण सम्बन्धी तीन संशोधन प्रस्ताव

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

बुटवल- प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्तावमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। सोमबार बसेको प्रदेशसभा बैठकले देशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधि सम्बन्धी प्रस्तावमा संशोधन  हाल्न १८ घण्टाको समय उपलब्ध गराएको थियो।



प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्तावमा २ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। प्रदेश सभा सचिवालयका सूचना अधिकारी दिनेश अधिकारीका अनुसार कांग्रेस सांसद रमा अर्याल र पुष्पा थरुनीले स्थायी राजधानी दाङ बनाउने प्रस्तावमा संसोधन प्रस्ताव दर्ता गरेका हुन्।

थरुनीले अस्थायी मुकाम रुपन्देहीलाई नै स्थायी राजधानी तोकियोस् भन्ने संशोधन प्रस्ताव दर्ता गरेकी छन् भने अर्यालले प्रदेशको स्थायी राजधानी पूर्वमा नवलपरासी पश्चिमको बर्दघाट नगरपालिका, उत्तरमा पाल्पाको तिनाउँ गाउपालिका, दक्षिणमा रुपन्देहीको सिद्धार्थनगर नगरपालिका र पश्चिममा कपिलवस्तुको शिवराज नगरपालिकाको बीच भागमा राजधानी तोक्नुपर्ने प्रस्ताव गरेकी छन्।

नामकरण सम्बन्धी प्रस्तावमा जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव र पुर्मती ढेंगा मगरले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गराएका छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट