प्रदेश ५ को प्रदेशसभा बैठक सुरु-Sutra News

प्रदेश ५ को प्रदेशसभा बैठक सुरु

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

बुटवल-  प्रदेश ५ को स्थायी राजधानी र नामाकरण सम्बन्धी प्रस्तावलाई अघि बढाउन प्रदेश सभाको बैठक सुरु भएको छ। केही बेरअघि सुरु भएको प्रदेशसभा बैठकालाई प्रमुख विपक्षी नेपाली कांग्रेसका संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले सम्बोधन गरिरहेका छन्।



सोमबार बसेको प्रदेशसभा बैठकमा नेपाली कांग्रेसका सांसदले तोडफोड गरेका थिए। बैठकले देशको स्थायी राजधानी दाङ बनाउने सरकारको आन्तरिक कार्यविधिसम्बन्धी प्रस्तावमा संसोधन हाल्न १८ घण्टाको समय उपलब्ध गराएको थियो।

प्रदेशको स्थायी राजधानी दाङ बनाउने प्रस्तावमा २ वटा संशोधन प्रस्ताव दर्ता भएका छन्। त्यस्तै नामकरणसम्बन्धी प्रस्तावमा एउटा सांसेधन प्रस्ताव दर्ता भएको छ।

प्रदेश सरकारले शुक्रबार बसेको प्रदेश सभा बैठकमा राजधानी र नाम सम्बन्धी प्रस्ताव पेश गरेको थियो। उक्त प्रस्तावमाथि सोमबारको बैठकमा छलफल भएको थियो।  छलफल सकिएकाले आजै सरकारले ल्याएको प्रस्तावमा आजै मदतान हुने सम्भवना छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट