नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण-Sutra News

नेकपाकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलकी सचेतक शान्ता चौधरीलाई कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार गरिएको पीसीआर परीक्षणमा चौधरीलाई संक्रमण पुष्टि भएको हो।



उनले सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना पोजेटिभ भएको जानकारी दिएकी छन्। ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो। यसबीचमा मेरो सम्पर्कमा रहनुभएका सबै साथीहरु एवं महानुभावहरुले पिसिआर गरि सावधानी अपनाउनु हुन हार्दिक अनुरोध गर्दछु,’ उनले लेखेकी छन्।

उनले आफूमा केही लक्षण देखिएको बताइन्। ‘हल्का ज्वरो, रुघा-खोकी र स्वाश फेर्न समस्या भएकाले डाक्टरसँग परामर्श गरिरहेकी छु,’ चौधरीले भनिन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट