बहुमतको दम्भले पेलेर जाँदा संसदमा तोडफोडको अवस्था सिर्जना भयो : कनोडिया-Sutra News

बहुमतको दम्भले पेलेर जाँदा संसदमा तोडफोडको अवस्था सिर्जना भयो : कनोडिया

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- नेपाली कांग्रेस प्रदेश ५ का संसदीय दलका नेता वीरेन्द्रकुमार कनोडियाले सत्तारुढ दलले बहुमतको दम्भले पेलेर जान खोज्दा प्रदेशसभामा तोडफोडको अवस्था सिर्जना भएको बताएका छन्।



‘विशेष समितिले दिएका प्रस्तावमा मतदान गराउँदा पनि हुन्थ्यो,’ कनोडियाले मंगलबारको बैठकको सुरुमै सम्बोधन गर्दै भने, ‘तर, सरकार डरायो। सरकारले एकलौटी दाङको प्रस्ताव ल्यायो।’ मुख्यमन्त्री एक जिल्लाको मात्रै नभएको भन्दै उनले मुख्य मन्त्रीको राष्ट्रिय व्यक्तित्व भए पनि त्यो मन नदेखाएको बताए।

‘राजनीतिक सुझबुझको कमीले गर्दा प्रदेश सभामा तोडफोडको अवस्था सिर्जना भयो,’ उनले भने, ‘बहुमतको दम्भले पेलेरै जाने दम्भ देखाउनुभयो। यसले मुठभेडको अवस्था सिर्जना भयो।’

उनले थपे, ‘जनताको अदालत भन्दो कोही पनि ठूलो हुन सक्दैन। सत्ताको दम्भ कसैले देखाउनु हुँदैन। सत्ताभन्दा पनि ठूलो संसदीय मूल्य, मान्यता, विधि र परम्परालाई अपनायौं भने सौर्हादता कायम हुन्छ।’

तत्कालीन सरकारले तोकेको राजधानी ठीक भएको उनको भनाइ थियो। नयाँ ठाउँमा राजधानी बनाउने धेरै आर्थिक स्रोत चाहिने र धेरै समय लाग्ने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट