दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाइले पारित-Sutra News

दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाइले पारित

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- प्रदेश ५ स्थायी राजधानी दाङको भालुबाङलाई बनाउने प्रस्ताव दुई तिहाइले पारित भएको छ। प्रदेशसभामा रहेका ८७ मध्ये ८२ सांसदले मतदानमा सहभागी भएका थिए। जसमध्ये ६९ जनाले भालुबाङको पक्षमा मदतान गरेका थिए भने १३ जनाले विपक्षमा मतदान गरेका थिए।



नेकपाका सबै सांसदले पक्षमा मतदान गरेका थिए भने कांग्रेसका १९ मध्ये १३ जनामाले मात्र विपक्षमा मतदान गरेका थिए। बाँकीले भने भालुवाङलाई नै राजधानी बनाउने प्रस्तावको पक्षमा मत खसालेका थिए।

सुरुमा सरकारले राखेको प्रस्तावमा ध्वनी मतका अधारमा टुंग्याएकाले संशोधन प्रस्तावमा मतदान नै भएन। सरकारको प्रस्तावमा तीन वटा संशोधन प्रस्ताव दर्ता भएका थिए।

यसअघि दाङबाट प्रतिनिधित्व गर्ने नेपाली कांग्रेसका सांसद डिल्ली बहाद्र चौधरी पार्टीको ह्वीप नमान्ने र दाङलाई राजधानी बनाउने प्रस्तावमा समर्थन गर्ने बताएका थिए। 

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट