प्रदेश राजधानी र नाम टुंग्याएसँगै प्रदेश ५ को प्रदेशसभाको अधिवेशन अन्त्य-Sutra News

प्रदेश राजधानी र नाम टुंग्याएसँगै प्रदेश ५ को प्रदेशसभाको अधिवेशन अन्त्य

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- प्रदेश ५ को स्थायी राजधानी र नामलाइ मतदानमार्फत् टुंग्याएसँगै त्यहाँको प्रदेश सभाको चालु अधिवेशन अन्यत भएको छ।



प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुखले चालु् छैटौं अधिवेशनलाई मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी अन्त्य गरेका हुन्।

त्यससम्बन्धी प्रदेश प्रमुखको पत्र सभामुख पूर्ण घर्तीले प्रदेश सभामा पठेर सुनाएका थिए।

यसअघि प्रदेश सभाले दाङको भालुबाङलाई स्थायी राजधानी बनाउने प्रस्ताव दुई तिहाईले पारित भएको थियो।

प्रदेशसभामा रहेका ८७ मध्ये ८२ सांसदले मतदानमा सहभागी भएका थिए। जसमध्ये ६९ जनाले भालुबाङको पक्षमा मदतान गरेका थिए भने १३ जनाले विपक्षमा मतदान गरेका थिए।

त्यस्तै प्रदेश ५ नाम लुम्बिनी राख्ने प्रस्ताव दुई तिहाई बढीले पारित भएको छ। मतदानमा सहभागी ८३ सांसद मध्ये ७९ जनाले पक्षमा मतदान गरेका थिए भने ४ जनाले विपक्षमा मतदान गरेका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट