काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १०१७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ७८३, ललितपुरमा ११८ र भक्तपुरमा ११६ जना संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार मंगलबार देशभरि १५५१ जनामा कोरोना संक्रमण देखिएको थियो। योसँगै नेपालमा संक्रमितको संख्या ९० हजार नाघेको छ।