नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु-Sutra News

नेकपाको सचिवालय बैठक बालुवाटारमा सुरु

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ। मन्त्रिपरिषद् पुनर्गठन तथा संवैधानिक निकायहरूमा नियुक्तिलगायत विषयमा छलफल गर्न सचिवालय बैठक डाकिएको थियो।



स्रोतका अनुसार बैठकमा मन्त्रपरिषद पुनर्गठनका विषयमा पनि छलफल हुनेछ। सम्वतः आजकै बैठकमा पार्टी नेता सुरेन्द्र पाण्डे, विष्णु पौडेल र जनार्दन शर्मालाई मन्त्रीमा बनाउने निर्णय हुनेछ।

यस विषयमा टुंगो लगाउन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ निरन्तर छलफल गर्दै आएका थिए।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट