चितवनमा कोरोनाबाट थप दुईको मृत्यु-Sutra News

चितवनमा कोरोनाबाट थप दुईको मृत्यु

मंगलबार, २० असोज २०७७

मंगलबार, २० असोज २०७७

भरतपुर- चितवनमा आज साँझ थप दुई कोरोना भाइरस सङ्क्रमितको मृत्यु भएको छ। चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत भरतपुर-१० का ६१ वर्षीय पुरुषको आज साँझ ६ः३० बजे मृत्यु भएको हो।



अस्पतालका निर्देशक डा दयाराम लम्सालले यही असोज ८ गते मधुमेह र उच्च रक्तचापको समस्या भई अस्पताल भर्ना भएका ती पुरुषको आजै साँझ ६ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको जानकारी दिए।

आजै साँझ पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत राप्ती नगरपालिका-९ का ८१ वर्षीय पुरुषको मृत्यु भएको छ। असोज १८ गते पिसिआरका लागि स्वाब दिएर घरमै बसेका ती पुरुष साँझ ६ बजे अस्पताल पुगेका थिए। श्वासप्रश्वासको समस्या देखिएका उनको ६ः३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ। उनको साँझ ७ बजे कोरोना रिपोर्ट पोजिटिभ आएको हो।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट