प्रदेशको नाम जातीय आधारमा नराखिएको भन्दै बाबुराम आक्रोशित-Sutra News

प्रदेशको नाम जातीय आधारमा नराखिएको भन्दै बाबुराम आक्रोशित

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले प्रदेशहरुका नाम जाती र भाषाको पहिचानको आधारमा नराखिएको भन्दै आक्रोश व्यक्त गरेका छन्।



जाती/भाषाको आधारमा प्रदेश नामकरण गर्दा देश टुक्रिन्छ भन्नेहरुलाई उनले भारत र अमेरिकाको उदाहरण हेर्न सुझाएका छन्।

जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता समेत रहेका डा.भट्टराईले मंगलबार बेलुकी र बुधबार बिहान ट्वीटरमा लेखेका छन्, ‘हाम्रा प्रदेशका नाम नदी/भूगोलको पहिचानमा मात्र राख्न पर्ने तर विविध जाति/भाषाको पहिचानमा राख्न नहुने? यो कहाँको मार्क्सवाद/लोकतन्त्र/संघीयता हो?’

भट्टराई थप प्रश्न गर्छन्, ‘भारतमा तमिलनाडु, बंगाल, पन्जाब आदि अधिकांश जाती र भाषाको नाममा राज्य हुँदा देश नटुक्रने तर नेपालमा टुक्रने?’

विगतमा मगरात, तमुवान, ताम्सालिङ्, नेवाः स्वायत्त प्रदेशको पक्षपातीहरु अहिले ‘महेन्द्रपथ’मा लागेको भन्दै डा.भट्टराईले तत्कालीन माओवादी नेताहरुप्रति व्यंग्य गरेका छन्।

उनले माओवादी जनयुद्धमा राज्यपक्षबाट ज्यान गुमाउने सबैभन्दा उच्च नेता सुरेश वाग्लेलगायतसँग माफीसमेत मागेका छन्।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट