

काठमाडौं- नेपाली बजारमा बुधबार सुन तोलामा ८ सयले घटेको छ। आज छापावाल सुन प्रतितोला ९४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ।
हिजो तोलाको ९४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुन प्रतितोला ९३ हजार ६ सयमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
चाँदी प्रतितोला १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ।