त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न थापाको माग-Sutra News

त्रिविका उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्न थापाको माग

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- कांग्रेस नेता गगन थापाले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि आक्रमण गर्नेलाई कारबाही गर्नुपर्ने बताएका छन्। बुधबार सामाजिक सञ्जालमा लेख्दै नेता थापाले कारबाहीको माग गरेका हुन्।



‘त्रिविका उपप्राध्यापक प्रेमबहादुर चलाउनेमाथि भएको आक्रमणको जति निन्दा गरे पनि पुग्दैन,’ थापाले लेखेका छन्, ‘आक्रमण जेसुकै बहानामा जुनसुकै राजनीतिक आस्था र झण्डा बोक्नेले गरेको होस्,यसमा प्रत्यक्ष/परोक्ष संलग्न हुने प्रत्येकलाई तत्काल कानून बमोजिम कारबाही गर्नैपर्छ।

मंगलबार बिहान त्रिवि परिसरभित्रै उपप्राध्यापक चलाउनेमाथि आक्रमण भएको थियो।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट