काठमाडौं- नेपालमा पहिलोपटक सबैभन्दा ठूलो, व्यवस्थित र अत्याधुनिक होलसेल बिजनेश कम्प्लेक्स एनबीटीसी अर्थात् नेशनल विजनेश ट्रेड सेन्टर काठमाडौंको कलंकीमा आजबाट सञ्चालनमा आएको छ।
ग्राहकले काठमाडौंको विभिन्न स्थानमा सामान किनमेल गर्दा आइपर्ने विभिन्न झमेलाहरुको समाधान गर्ने उद्देश्यले यो कोरोना महामारीको विचमा पनि कम्प्लेक्स सञ्चालनमा ल्याएको एनबीटीसीले जनाएको छ।
ग्राहक र व्यवसायीहरुबीच ५ वर्षसम्म अनुसन्धान गरी त्यसको निष्कर्शका आधारमा सहकारी अवधारणा अनुरुप यस अत्याधुनिक र सुविधासम्पन्न विजनेश कम्प्लेक्स निर्माण गरिएको हो। यसका मध्यम वर्गीय व्यापारीहरुको विविध समस्याको समाधान गर्ने उद्देश्यका साथ यस नेशनल विजनेश ट्रेड सेन्टरको अवधारणा अघि बढाइएको एनबीटीसीका अध्यक्ष नरेन्द्र बज्राचार्यले बताए।
उनका अनुसार काठमाडौंको कलंकी र बल्खुको बीचमा भाटभटेनीको नजिकै रहेको यस विजनेश कम्प्लेक्समा निर्धक्क किनमेल गर्न सकिने गरी पर्याप्त खुल्ला ठाउँ, पार्किङ, सुरक्षा व्यवस्थापन र व्यवस्थित ट्रान्सपोटेशनको सुविधा रहेको यस कम्प्लेक्समा एउटै छानामूनि करिव ९ सय वटा पसल सटरहरु रहेका छन्।
उनले भने, ‘कम्प्लेक्समा गुणस्तरीय सामान सर्वसुलभ मुल्यमा उपलब्ध गराउने उदेश्यले विजनेश कम्प्लेक्समा महिला र पुरुष दुवैका लागि आवश्यक रेडिमेड लत्ताकपडा, जुत्ता चप्पल, व्याग, कुर्ता सलवार, क्याप, पर्स, बेल्ट, अन्डर गार्मेन्ट, टावेल, ब्लयाङकेट, कस्मेटिक्स, गिफ्ट आइटम इत्यादि सामानहरु एउटै छानामुनि सरल र सुलभदरमा खरिद गर्न सकिनेछ।’
नेशनल विजनेश ट्रेड सेन्टर एनबिटीसी मिलाल्याण्ड डेम्लप्मेन्ट प्रालिद्धारा प्रवर्द्धित रहेका छ। यो कम्प्लेक्स करिब २२ रोपनीमा फैलिएको हुँदा पर्याप्त खुला ठाउँहरु रहेका छन्। जसले गर्दा पर्याप्त भौतिक दूरी कायम हुनेछ। पर्याप्त खुला ठाउ भएकाले आगलागी, भूकम्पजस्ता दैवी पकोपबाट हुने घटनाको जोखिम पनि कम हुन्छ।