नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण-Sutra News

नेपालमा थप ३ हजार ४३९ जनामा कोरोना संक्रमण

बुधबार, २१ असोज २०७७

बुधबार, २१ असोज २०७७

काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कूल संक्रमितको संख्या ९४ हजार २५३ हजार पुगेको छ।



स्वास्थ्य मन्त्रालयका अनुसार थप १ हजार १२६ जना कोरोनामुक्त भएका छन्। हालसम्म ६८ हजार ६६८ जना कोरोनामुक्त भएका छन्।

बुधबार थप १५ जना संक्रमितको मृत्यु भएको छ। नेपालमा हालसम्म ५ सय ७८ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट